अनिश्चितकालका लागि राहदानी वितरण बन्द, अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राही मितिमै पुग्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अनिश्चितकालका लागि राहदानी वितरण बन्द, अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राही मितिमै पुग्नुपर्ने

काठमाडौं । मंगलबारदेखि राहदानी वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । सिस्टममा समस्या आएपछि विभागले राहदानी वितरण कार्य हाललाई स्थगन गरेको हो ।

सिस्टममा आएको समस्या सुल्झाउन निरन्तर कोशिश भइरहेको पनि जनाइएको छ । गत पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या देखिएपछि राहदानी आवेदनको स्टाटस हेर्न पनि नमिलेको र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागले जानकारी दिएको हो ।

विभागले बिग्रिएको सिस्टम पुर्णरुपमा सञ्चालनमा आउन केही समय लाग्ने भएकोले अर्को सूचना नआएसम्मका लागि राहदानीका लागि विभागमा उपस्थित नहुन आग्रह गरेको छ ।

तर, राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरु बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन भने आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);