उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषदको भवनमा सार्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषदको भवनमा सार्ने तयारी

uparastrapati

काठमाडौं, १० मंसिर । सरकारले मंसिर मसान्त भित्र उपराष्ट्रपतिको कार्यालय लंैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले उपराष्ट्रपति कार्यालय सार्न परिषदको भवन निर्माण तथा सुधारको काममा सहरी विकास मन्त्रालय लागि रहेकोे जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदको कार्यालय भने ललितपुरको पुल्चोकस्थित केन्द्रिय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने निर्णय पनि गरेको छ । परिषदका कर्मचारीहरुको माग अनुसार उनीहरुको कार्यालय पुल्चोकस्थित केन्द्रिय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने व्यवस्था गरिएको पनि सचिव खड्काले बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय भवन समाज कल्याण परिषदको भवनमा सार्ने निर्णय लिएको पनि स्पष्ट पारेको छ ।

सचिव खड्काले समाज कल्याण परिषदको कामलाई व्यवस्थित बनाउन आवश्यक ऐन, कानुन संशोधन गर्न लागिएको बताए । उनले राष्ट्रिय लेखा प्रणालीमार्फत् सबै गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउने योजना पनि अघि सारे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा निर्माण गरिएको सो भवनमा उपराष्ट्रपति कार्यालय राख्न लागिएकोमा समाज कल्याण परिषदका कर्मचारीहरुले असन्तुष्टि जनाईरहेका छन् ।

यता, सरकारले भने त्यो भवन अर्थ मन्त्रालयको सम्पत्ति भएकाले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);