उपराष्ट्रपतिको कार्यालय सर्ने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

उपराष्ट्रपतिको कार्यालय सर्ने निश्चित

uparastrapati karyalaya

काठमाडौं, १७ मंसिर । उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित   द्को भवनमा सर्ने पक्का भएको छ । अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो ।

परिषद् बचाऊ अभियानका संयोजक रामपुकार शाहले विभिन्न ४ बुँदे सहमतिमा परिषद्को हालको कार्यालय छोडेर अन्यत्रै सर्न तयार भएको बताउनुभयो । ‘हामीले सर्नैपर्ने भएपछि भवन बन्ने ठोस आधारहरु खोजेका थियौं । त्यो बनाइदिने प्रतिबद्धता भएपछि कार्यालय छोड्ने निचोडमा पुगका हौँ’ –उनले भने । उनका अनुसार भवन बनाइदिने ठोस आधार १ हप्ताभित्र पाउन नसके फेरि आन्दोलन गर्ने तयारीमा परिषद्का कर्मचारी छन् ।

परिषद्का अध्यक्ष तथा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, परिषद्का पदाधिकारी र कर्मचारीबीच मंसिर ४ गते सहमतिपछि विरोधका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ । परिषद्को भवन बनाउन शहरी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र गइसकेको छ । ‘भवन बनाउन अर्थबाट परिषद्को हालको रकम बराबरको भवन बनाएर हस्तान्तरण गर्ने निर्णयको पखाइमा छौँ’ –परिषद् बचाऊ अभियानका संयोजक साहले बताए ।

परिषद्को भवन उपराष्ट्रपतिको कार्यालय र निजी आवास प्रयोजनका लागि प्रयोगमा ल्याउने भएपछि परिषद् हरिहरभवन ललितपुरमा रहेको केन्द्रीय बालकल्याण समितिको भवनमा सर्ने भएको छ भने समिति महिला विकास कार्यालयमा सर्ने परिषद्ले जनाएको छ । परिषद्को अर्काे भवन नबनुन्जेलका लागि परिषद्को कामकाज समितिको भवनबाटै सञ्चालनमा आउने भएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);