रमजानको समयमा गाजा द्वन्द्व बिस्तार हुने जोर्डनका राजाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रमजानको समयमा गाजा द्वन्द्व बिस्तार हुने जोर्डनका राजाको चेतावनी

एजेन्सी,१४ फागुन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले रमजानमा गाजामा जारी युद्धले द्वन्द्वलाई बिस्तार गर्नसक्ने चेतावनी दिनुभएको छ । राजा अब्दुल्लाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भएको बैठकमा उक्त टिप्पणी गर्नुभएको हो ।

जसमा उहाँले गाजामा तत्काल र स्थायी युद्धविराममा पुग्न र निर्दोष नागरिकहरूको रक्षा गर्न अधिकतम प्रयास गर्न आह्वान गर्नुभयो । राजाले गाजाका जनतालाई जोर्डनले मानवीय, राहत र चिकित्सा सहायता उपलब्ध गराउन जारी राख्ने बताउनु भयो । राजाले जोर्डनले वेस्ट बैंक र गाजा पट्टीलाई अलग गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गरेको दोहो¥याउनु भयो ।

दुई–राज्य समाधानमा आधारित प्यालेस्टाइन मुद्दाको न्यायोचित समाधान खोज्न अरब समन्वयलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अब्बासले आफ्नो पक्षको लागि, हमास–इजरायल द्वन्द्वमा जोर्डनको दृढ अडानको लागि प्रशंसा व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);