जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी,७ चैत्र । जोर्डनका विदेशमन्त्री अयमान सफादीले जोर्डनको राजधानी अम्मानमा आफ्ना ब्राजिलियन समकक्षी माउरो भिइरासँग भेटवार्ता गनुभएको छ ।

उनीहरुको वार्तापछि पत्रकार सम्मेलनमा सफादीले इजरायललाई गाजा विरुद्धको आक्रमण अन्त्य गर्न आह्वान गर्नुभयो । गाजा विरुद्ध इजरायली युद्ध एक आक्रामकता भएको उहाँको भनाइ छ । इजरायलले युद्ध अपराध गरिरहेको उहाँको आरोप छ ।

आफ्नो पक्षबाट भिएराले तत्काल युद्धविराम, गाजामा मानवीय सहायता पहुँच र बन्धकहरूको द्रुत रिहाइको लागि आह्वान दोहोर्याउनु भयो ।

सोही दिन जोर्डनका राजा अब्दुल्लाह द्वितीयले भिइरासँगको भेटमा गाजामा जारी द्वन्द्वले सम्पूर्ण क्षेत्रमा विनाशकारी असर पार्ने चेतावनी दिनुभएको थियो । उहाँले गाजामा तत्काल र दिगो युद्धविराम, नागरिकको सुरक्षा र गाजा पट्टीमा सबै सम्भावित माध्यमबाट मानवीय सहायता पु¥याउन आह्वान गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);