एजेन्सी, १८ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।
उहाँले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताउनु भयो ।
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो ।
नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तिब्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताउनु भयो ।
इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिव एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ ।
गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व शुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।