इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको बताउनु भयो ।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको भेटमा सिसीले उक्त टिप्पणी गर्नुभएको हो । उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ ।

वार्ताले सान्दर्भिक अन्तर्राष्ट्रिय संकल्पको कार्यान्वयनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । फ्रान्सेली मन्त्रीले इजिप्टसँग स्थायी युद्धविराम र बन्दीहरूको आदानप्रदानको लागि समन्वय गर्न आफ्नो देशको प्रतिवद्धता गर्नुभयो । दुई देशहरूले द्वन्द्वको विस्तार रोक्न महत्वपूर्ण रहेको बताउनु भयो । दुवै पक्षले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट बिस्थापित गर्ने कुनैपनि उपाय वा नीतिहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);