अमेरिकामा रोजगारी सृजना बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

अमेरिकामा रोजगारी सृजना बढ्यो

अमेरिकामा रोजगारी सृजना बढेको छ ।  त्यहाँको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको महिना अमेरिकी अर्थतन्त्रले ३ लाख २५ हजार नयाँ रोजगारी सृजना गरेको छ ।

पछिल्लो तथ्यांकले अर्थतन्त्रमा सुस्ती छाइरहेको प्रक्षेपणलाई गलत साबित गरिदिएको छ । योसँगै बेरोजगारी दर पनि ३ दशमलव ७ प्रतिशतमा रहेको छ ।

जनवरीको रोजगारी सृजना अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा धेरै हो । सन् २०२२ मा ब्याजदर बढाइएयता अर्थतन्त्र सुस्ताउने भविष्यवाणी अर्थशास्त्रीहरूबाट आइरहेको थियो ।

तर पछिल्ला महिनाहरूमा अर्थतन्त्रले अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरिरहेको छ । श्रम बजार मजबूत रहनुले छिटै ब्याजदर कटौतीको सम्भावना बलियो बनाएको विश्लेषण गर्न लागिएको छ ।

सन् २०२३ को जनवरीको तुलनामा गएको महिना घण्टाको औसत ज्याला साढे ४ प्रतिशतले बढेको छ । यसले महँगी तत्कालै घट्छ भनेर आशा गरिरहेकाहरुका लागि यसले अर्को चिन्ता थपिदिएको छ ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यस्तोमा मासिक प्रतिवेदनहरु राजनीतिक बहसको विषयमा बनेको छ । ०००

 

Leave a Reply

ताजा समाचार