इजरायली सेना उत्तरी गाजाबाट फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

एजेन्सी, १९ माघ ||
इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन शुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरण मात्र हो भन्ने स्पष्ट भइसकेको छैन । किनकि यस कदमको बारेमा इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन । इजरायली फिर्तापछि दर्जनौं नागरिकहरू आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए । केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए । इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको हो । जसले युद्धविराम र इजरायली बन्दीहरूलाई रिहा गर्नसक्ने बताइएको छ । आइतवार, संयुक्त राज्य अमेरिका, इजरायल, कतार र इजिप्टका वरिष्ठ गुप्तचर र सरकारी अधिकारीहरूबीच पेरिसमा बैठक भएको थियो । गाजामा हमास–इजरायल द्वन्द्व अन्त्य गर्ने सम्झौताको बारेमा छलफल भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);