आर्थिक गतिविधि बढाउने हाम्रो लक्ष्य : मन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आर्थिक गतिविधि बढाउने हाम्रो लक्ष्य : मन्त्री महत

काठमाडौं, १ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आईतवार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनु भयो । उहाँले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताउनु भयो । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताउनु भयो । त्यस्तै नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो निति निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो । मन्त्री महतले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउनेगरी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अर्थतन्त्रले बिस्तारै लय पक्रदै छ । यद्यपी राजश्वमा अझै समस्याहरु छ । तर वैदेशिक मुद्राको सञ्चिति राम्रो छ । त्यस्तै गरेर पर्यटकको आगमन बढीरहेको छ । आउने दिनमा अझ बढ्छ भन्ने हामीलाई विश्वास छ । त्यसले अझ ज्यादा विदेशी मुद्रा सुनिश्चित हुन्छ । आर्थिक गतिविधिले पनि बिस्तारै पिकअप गर्न थालेको छ । र आयात, निर्यातमा पनि बिस्तारै परिवर्तन हुन्छ भन्ने हामीलाई विश्वास छ । बिस्तारै आर्थिक गतिविधि बढ्छ । यहाँहरुले गर्ने लगानीमार्फत पनि पुँजि प्रवाह बजारमा बढेर, लगानी प्रवाह भएर त्यसले आर्थिक गतिविधि वृद्धि हुने, रोजगारी सृजना हुने । जब रोजगारी सृजना हुन्छ आम्दानी बढ्छ । आम्दानी बढ्यो भने त्यसपछि राजश्व बढ्छ । राजस्व बढ्यो भने हाम्रो देशको बजेट ठूलो हुन्छ । ठुलो बजेट भयो भने फेरि अरु थप लगानी गर्न सक्छौँ । यसरी अर्थतन्त्रको चक्रलाई चलायमान गर्नका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता छ । बैंकहरुले ब्याज सकेसम्म कम गरेर योगदान गर्नुपर्ने आवश्यकता छ । नियमनकारी संस्थाहरुले अर्थतन्त्र अहिले कतातिर गइराखेको छ, त्यसलाई मध्यनजर राखेर आफ्नो नीति, निर्माण गर्नुपर्ने हुन्छ । सरकारले वित्त नीति तय गर्दाखेरी हाम्रो वित्त व्यवस्थालाई प्रभावकारी बनाउने, खर्च प्रणालीलाई प्रभावकारी बनाउने, चाँडो चाँडो खर्च गर्ने र त्यसबाट प्रतिफल प्राप्त गर्ने बाटोलाई सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरु पेस गरेको छ । त्यसको लक्ष्य भनेको हाम्रो आर्थिक गतिविधि बढोस् । लगानीको वातावरण बढोस् । र पुँजि प्रवाह बजारमा होस् । आर्थिक गतिविधि बढोस् भन्ने नै हाम्रो लक्ष्य रहेको छ ।’

उहाँले सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरु पेश गरेको बताउनु भयो । देशमा लगानीको वातावरण बढाउने र बजारमा पुँजि प्रवाह गर्ने लक्ष्य साथ काम गरिरहेको उहाँले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);