सैन्य प्रमुखबाट प्रतिक्रिया आउदापनि परराष्ट्र मौन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सैन्य प्रमुखबाट प्रतिक्रिया आउदापनि परराष्ट्र मौन

काठमाडौं, ५ जेठ । कालापानी क्षेत्रमा सडक उदघाटनपछि परराष्ट्रले भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट बुझाएको थियो । कुटनीतिक नोट बुझाएको केही दिनपछि मे १५मा भारतीय सेनाध्याक्षले कुटनीतिक नोटको जवाफकै शैलीमा सडक निर्माण भएको भूभाग भारतकै दाबी गर्दै नेपाल अरुकसैको उक्साहटमा लागेको दाबी गरेका छन् ।

राजनीतिक तहमा आउने अभिव्यक्ति सैन्य प्रमुखबाट प्रतिक्रिया आउदापनि परराष्ट्र यो विषयमा मौन छ ।

कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेपछि परराष्ट्र मन्त्रालयले नेपाल स्थित भारतीय राजदुत विनय मोहन क्वात्रालाई बोलाएर यो विषयमा आफ्नो विरोध जनाउदै कुटनीतिक नोट बुझाएको थियो । लामो समयदेखि विवादित रहेको यो भूमिको विषयमा नेपालले द्धिपक्षीय कुटनीतिक छलफल गर्नुपर्ने भनेर राजदुतमार्फत प्रस्ताव राखेको थियो । तर कुटनीतिक नोटको विषयमा भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

तर कुटनीतिक नोटको जवाफ कुटनीतिक तहबाट आउनुपर्ने भएपनि भारतीय सेनाध्यक्षले सडक बिस्तार आफ्नै भूमि भएको दाबी गर्दै नेपाल कसैको उक्साहटमा लागेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले नेपालको सार्वभौमिकता विरुद्ध भएको नेताहरुको प्रतिक्रिया छ ।

भारत र नेपालबीच सीमा बारेको छलफलको प्रसंग आउदा भारतले आनाकानी गर्ने गरेको कुरा नौलौ होईन । तर राजनीतिक र कुटनीतिक तहबाट आउनु पर्ने जवाफ सेनाध्यक्षले दिएको यो अभिव्यक्ति पहिलो घटना हो । नेपालको भूमि भएको ऐतिहासिक प्रमाणहरु छन् काठमाडौले आफ्नो भूमिको विषयमा विगतमा बेवास्ता गर्नाले भारतले अतिक्रमण गरेको मात्रै छैन । पूर्वाधार विकास तथा सैन्य क्याम्म खडा गरेको छ ।

यो कुनैपनि सार्वभौम मुलुकको भूमि मिच्नु गलत हो । लामो समयदेखि भूमि अतिक्रमण गर्दै आएको भारतले कुटनीतिक तहमा जवाफ दिनुको साटो सेनाध्यक्षले अभिव्यक्ति दिनु गलत भएको रक्षा विज्ञको टिप्पणी छ ।

नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतले नेपालको कुटनीतिक नोटको जवाफ कुटनीतिक तहबाट दिनुपर्ने हो । तर सेनाध्यक्षले सीमाको विषयमा अभिव्यक्तीले भारतीय शासकहरुको नेपाल दृष्टिकोणमा परिवर्तन नआएको प्रष्ट हुन्छ । यसर्थ नेपालले कुटनीतिक तहमा यसको जवाफ दिन र जवाफ माग्न पहल गर्न आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);