नागरिकलाई सास्ती र सरकारी लगानी खेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नागरिकलाई सास्ती र सरकारी लगानी खेर

काठमाडौं, ५ जेठ । यतिबेला सडक विभागले सडक बिस्तार तथा मर्मत गरिरहेको छ । उता नेपाल विद्युत प्राधिकरणले पनि भूमिगत विद्युतीय तार बिछ्याउने काम गर्दै आएको छ । सडकले सडक बनाउदै छ । तर, यी दुबै सरकारी अड्डाबीच समन्वय नहुँदा नागरिकलाई सास्ती र सरकारी लगानी खेर गइरहेको छ ।

सडकले सडक बनाउदै छ । विद्युतले विद्युतीय तार बिछ्याउदै छ । दुबैले विकास पूर्वाधारका काम गरिरहेका छन् ।सडक विभागलाई सडक निर्माण र मर्मत भ्याइ नभ्याइ छ । विद्युत प्राधिकरणलाई पनि उस्तै चटारो छ ।तर, यी दुबै सरकारी अड्डाबीच समन्वय पटक्कै छैन । समन्वयको अभावमा गर्ने नाममा मर्मत भइसकेका सडक उधिनेर विद्युतले भुमिगत तार बिछ्याइरहेको छ। राज्यका यी निकायले विकास निर्माणका लागि अर्बौको लगानी गरिरहेका छन् । तर सरकारी निकाय बीचको समन्वयको अभावमा पूर्वाधार विकासले मूर्त लिन नसकेको मात्रै होइन, नागरिकले सास्ती खेपिरहेका छन् । प्राधिकरणले पनि भूमिगत विद्युतीय तार बिछ्याउने कार्य जारी राखेको छ ।

अहिले सडक विभाग, खानेपानी तथा नेपाल विद्युत प्राधिकरण लगायका निकायहरुले तीब्रता दिएका छन् । बन्दाबन्दीको उपयोग गर्दै सरकारी अड्डाहरुले पूर्वाधारमा जोड दिनु सकारात्मक मान्न सकिएला ।तर, एउटाले बनाउने अर्काेले भत्काउने प्रवृत्तिले नागरिकलाई सास्ती खेप्नु परेको छ ।

सरकारी अड्डाबीच समन्वयको चरम अभाव हो भन्न गाहे छैन । सबैले पूर्वाधार विकासमा जोड दिएका छन् । बन्दाबन्दीको बेला शहरका सडक खाली भएका छन् । सावधानी अपनाएर पूर्वाधार बिस्तारमा जोड दिनु पर्छ ,यो कदम सकारात्मक छ । तर, सरकारी अड्डाहरुबीचमा देखिएको असमन्वयको संस्कृतिले विकास पूर्वाधारलार्य सार्थक बनाउन नसकेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);