कुटनीतिक क्षमता कमजोर, सीमा समस्या बल्झिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कुटनीतिक क्षमता कमजोर, सीमा समस्या बल्झिदै

naksa

पुष्पा पोखरेल

काठमाडौं, १ जेठ । भारतले नेपाली भूमि मिचेर सडक बिस्तार गरेपछि सीमा समस्या जटिल बन्दै गएको छ । ७१ हजार बढी हेक्टर क्षेत्रफलमा सीमा अतिक्रमण भइरहेको बेला पछिल्लो समय भारतले नेपाली भूमि मिचेर १९ किलोमिटरको बाटो निमार्ण गरेको छ । विगतमा सरकारले कुटनीतिक पहल गर्न नसक्दा सीमा अतिक्रमण बढेपछि सीमा सुरक्षा झन जटिल बनेको हो ।

भारतले सन् २००८ देखि निर्माण थालेको लिपुलेक सडक आयोजना गएको मे ८ मा उद्घाटन गरेको छ । भारतले सडक उद्घाटन गरेपछि नेपाल भारत सीमा सुरक्षा चुनौति बन्दै गएको छ । भारतले गएको कार्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्यिाधुरा समावेश गरेर नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको थियो । सरकारको कुटनीतिक अक्षमताका कारण छिमेकी मुलुकले पटक पटक सीमामाथि हस्तक्षेप गर्दै आएको छ । सीमा समस्या अहिलेको मात्रै होइन, विगत लामो समयदेखि सीमा समस्या हुँदै आएपनि कसैले समाधान गर्न पहल नगर्दा भारतीय हस्तक्षेप बढ्दै गएको हो । भारतले सडक बनाउदासम्म पनि कुनै जानकारी नहुनु गैरजिम्मेवारपूर्ण चरित्र भएको राजनीतिक विश्लेषक टिप्पणी छ ।

भारतीय अतिक्रमणको विरोध गर्दे यस्को समाधानका लागि अन्तराष्ट्रिय अदालतमा जान सबैले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । तर, सरकार कुटनितिक पहल गरेर समस्या समाधान गर्न हिचकिचाइ रहेको छ । जस्का कारण छिमेकी मुलुकले नेपाली भूमिमाथि पटक पटक आखा गाडिरहेका छ ।यसर्थ सरकारले सीमा समस्या सल्टाउन गम्भीर बन्न पूर्वपरराष्ट्र मन्त्रीको सुझाव छ ।

सन् २०१५ मा लिपुलेक व्यापार अभिवृद्धी सम्झौतापछि नेपालले कुटनीतिक नोट पठाएर विरोध जनाएको थियो । कुटनीतिक नोटसंगै उच्चस्तरीय वार्ताबाट समस्या सल्टाउन नसक्दा लिपुलेक सडक विस्तारले थप समस्या थपिएको छ । यसर्थ भारतसंग जोडिएका सबै समस्यालाई प्याकेजमै सुल्झाउन प्याकेजमै कुटनीतिक पहल गर्न अब ढिलाउन सरकारलाई सुविधा छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);