संकटलाई पार लगाउन सरकारले जनमुखी बजेट ल्याउनुपर्छ : डा. महत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संकटलाई पार लगाउन सरकारले जनमुखी बजेट ल्याउनुपर्छ : डा. महत (भिडियोसहित)

काठमाडौं, १ जेठ । कांग्रेस नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले जनहित विपरित बजेट ल्याउने संकेत देखाएको आरोप लगाउनु भएको छ । ‘विना कुनै गृहकार्य ल्याउन लागेको बजेटले पार्टीलाई मात्र पोषित गर्छ,’ विजनेस प्लस टेलिभिजनसंगको अन्तर्वार्तामा उहाँले भन्नुभयो,‘यदि यो संकटलाई पार लगाउने हो भने सरकारले जनमुखी बजेट ल्याउनुपर्छ ।’ सरकारले बजेटमा गम्भीर गृहकार्य नगरेको उहाँले आरोप लगाउनु भयो।

एक फरक प्रसंगमा डा. महतले सत्ताधारी दलको आन्तरिक द्धन्द्धले वर्तमान सरकार भित्र समस्या निम्तिएको आरोप लगाउनु भयो। सत्तारुढ दल भित्रको आफ्नै स्वार्थले व्यवस्थामा खलल पुगेको उहाँले भनाई छ ।

सत्तारुढ दलको विवादले त्यसको असर नेपालको शासनलाई परेको उहाँले बताउनु भयो । ‘सत्तारुढ दललाई कसरी टिक्ने मात्र ध्यान छ । उहाँहरुकै पार्टी भित्रका विरोधीले उहाँहरुलाई नै असफल बनाउन लागेका छन् । यो खतरा उनिहरु (सत्तारुढ दल) ले सृजना गरेका हुन् । सरकारको यो तरिकाले आसा लाग्दो बजेट नआउने उहाँको आरोप छ । संघीयता महंगो भएको वताउँदै नेता महतले खर्च धान्न नसक्ने संरचना आवश्यक नभएको बताउनु भयो ।

यो संकटलाई पार लगाउन सरकारले जनमुखी बजेट ल्याउनुपर्ने उल्लेख गर्दे पूर्व अर्थमन्त्री डा. महतले सरकारले वजेटका बिषयमा कसैसंग सल्लाह नगरेको गुनासो गर्नुभयो ।

सरकार राजनीति स्वार्थ भन्दा माथि उठ्न नसकेको उहाँको भनाई छ । ‘अहिले ज्यादा राजनीतिकरण भयो,’ उहाँले भन्नुभयो,‘ हरेक क्षेत्रमा भएको राजनीतिकरणले सबैलाई असर पारेको छ ।’ हिजो (कांग्रेसको पालामा) पनि यदाकदा राजनीतिकरण भए होलान्, तर अहिले दश गुना बढि राजनीतिकरणले समस्या थपिएको उहाँको उल्लेख गर्नुभयो ।

नीजि क्षेत्रलाई खुल्ला गर्दा बल्ल आर्थिक अवस्था सुध्रिएको छ । हरेक संकट पार गर्न खुल्ला अर्थ व्यवस्था आवश्यक छ । अहिलेको यो संकटलाई पार गर्न सरकारले नीजि क्षेत्रसंग समन्वय गर्न आवस्यक भएको उहाँले औंल्याउनु भयो । सिमाना विवादवारे नेता महतले भने,‘सुशिल कोइराला प्रधानमन्त्री भएको पालामा भारतको प्रस्ताव नेपालले अस्वीकार गरेको हो । महाकाली नदिका मुहान, लिपुलेक र लिम्पियाधुरामा हाम्रो अडान स्पष्ट भएकोले भारतले शुशिल कोइरालालाई निम्ता गरेनन् ।’ तर, सिमाना विवाद वार्ताबाट समाधान गर्नुपर्ने उहाँले बताउनु भयो ।

यिनै बिषयमा केन्द्रीत रहेर पूर्व अर्थमन्त्री रहेका कांग्रेस नेता डा. महतको विजनेश प्लस टेलिभिजनका प्रमुख सम्पादक विनोद त्रिपाठीसंग भएको कुराकानी यो भिडियोमा ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);