बाँकेको नरैनापुर पनि गरियो सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँकेको नरैनापुर पनि गरियो सिल

बाँके, ५ जेठ । क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द (सिल ) गरिएको छ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको हो ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षिय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनी नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने दोस्रो व्यक्ति हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);