सीमामा सुरक्षाकर्मी बढाउनु पर्याे -सांसद रावल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सीमामा सुरक्षाकर्मी बढाउनु पर्याे -सांसद रावल (भिडियोसहित)

काठमाडौं, ५ जेठ । नेकपाका नेता एवम् सांसद भीम रावलले आगामी बजेटको नीति तथा कार्यक्रममा सीमामा सुरक्षाकर्मी राख्ने ब्यवस्था गर्न माग गर्नुभएको छ । सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले पञ्चायतकालमा तिङ्कर क्षेत्रमा सञ्चालनमा रहेको नेपाल चीन भन्सार कार्यालय पुन सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

उँहाले नेपालको लिपुलेक, कालापानी र लिम्पयाधुरामा अतिक्रमण गरेको बताउँदै त्यसबारे संसद र संसदीय समितिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको र सुरक्षा ब्यवस्था कायम गर्न पनि आवाज बुलन्द गरिएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सुरक्षालाई बलियो बनाउँदै सीमा क्षेत्रमा सुरक्षाकर्मी पठाएर उनीहरुका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले सुरक्षाकर्मीलाई लुगा, कपडा र उचित उपकरणको व्यवस्था गर्नुपर्ने बताउँदै कोरोना संक्रमण रोक्न सीमानामा रहेका सुरक्षाकर्मीलाई आवश्यक सामग्रीको समेत ब्यवस्था नभएको प्रति ध्यानाकर्षण गराउनुँभयो ।

उहाँले अब आउने बजेटमा उनीहरुको लागि पनि व्यवस्था गर्न माग गर्नुभयो । नेता रावलले , ‘अब आउने बजेटमा नीति सिद्धान्त बनाउँदा ति सुरक्षाकर्मीहरुका लागि, ती सिमानाका क्षेत्रहरुमा सुरक्षाकर्मीका लागि भौतिक संरचना बनाउने लगायतका उपकरणहरुको ब्यवस्था गर्ने नीति सारिनु पर्दछ ।

कालापानी क्षेत्रमा हिजोका दिनमा सडक निर्माणको जिम्मा सेनालाई दिइएको कुरा हामीले जानेका बुझेका हौँ । तर त्यो सम्बन्धमा अहिलेसम्म कुनै काम भएन । किनभने नीति र सिद्धान्तलाई व्यवहारमा उतारिँदैन भने त्यसको कुनै पनि काम हुँदैन ।पञ्चायतकालमा समेत त्यहाँको सीतापुर भन्ने ठाउमा र तिङ्कर नाकामा चीनसँगको भन्सार सञ्चालनमा थियो ।’

उहाँले कृषि क्षेत्रको विकासका लागि पनि ठोस कार्यक्रम ल्याउन साथै कृषि र राष्ट्रिय सुरक्षालाई सबैभन्दा धेरै महत्व दिन आवश्यक रहेको र विदेशमा रहेका लाखौं नेपालीहरुले समस्या भोगिरहेको बताउँदै उनीहरु स्वदेश फर्किने बाध्यात्मक स्थिति बनेको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);