बाटो बन्द नगर्न गृह मन्त्रालयद्धारा सूचना जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बाटो बन्द नगर्न गृह मन्त्रालयद्धारा सूचना जारी

जेठ ५, काठमाडौं । सुरक्षा सतर्कताको नाममा कसैले पनि टोल तथा बाटो बन्द नगर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ । कोरोना संक्रमणबाट बच्न भन्दै अहिले टोल टोलमा प्रवेश निषेध गरेपछि गृहले सूचना जारी गरेको हो ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यसरी बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने तथा आवागमनमा अवरोध नर्पुयाउन निर्देशन दिएको छ ।

कोरोना संक्रमणको समयमा अग्रपंक्तिमा रहेर अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दवाव दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरू गरी मनोबल गिराउने कार्य समेत नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने समेत चेतावनी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);