बाँकेमा धुमधामका साथ 'मोहम्मद डे' मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाँकेमा धुमधामका साथ ‘मोहम्मद डे’ मनाइयो

बाँके, १४ कार्तिक । ईश्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीलाई ईश्लाम धर्मावलम्बीहरुले धुमधामका साथ मनाएका छन् ।

नेपाल सरकारले ‘मोहम्मद डे’को दिनमा सार्वजनिक बिदा नदिएता पनि बाँकेको नरैनापुर गाउपालकिाले भने सार्वजनिक विदा दिएको छ । स्थानीय तहले आवश्यकता अनुसार विदा दिन सक्ने भएकोले मोहम्मद डे का अवसरमा शुक्रबार गाउपालकिाले सार्वजनिक बिदा समेत दिएकोछ ।

विश्वलाई शान्ती र अहिंशाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जिवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस भनी शुभकामना समेत व्यक्त गरेका छन् । त्यसैगरेर मुश्लिम समुदायको बाक्लो जनसख्या भएको बाँकेको नेपालगन्जमा पनि ईस्लाम धर्मावलम्बीहरुले मोहम्मद डे धुमधामका साथ मनाएका छन ।

शान्तीको दुत हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती हाशीखुशीका साथ मनाईराखेको बताएका छन भने अर्कोतर्फ नेपाल सरकारले मोहम्मद डे को दिनमा सार्वजनिक बिदा नदिएकोमा गुनासो समेत जनाएका छन् ।

विश्वमा फैलिएको कोरोना महामारीले विश्वमै असर परिरहेको अवस्थामा ‘मोहम्मद डे’ धेरै भिडभाड नगरी मनाऔ भन्ने शुभकामना व्यक्त गरेका छन् । साथै डब्लुएचओकोे मापदन्ड र नेपाल सरकारको निर्देशनि ध्यानमा राखी आफु पनि बाचौ र अरुलाई पनि असर नपर्ने गरी चाडपर्व मनाउन सन्देश दिदै शुभकामना व्यक्त गरेका छन् ।

पहिलाको जमाना क्लासिकल मोडेलको तरिका मनाउने गरिन्थ्यो भने अहिले साउन्ड सिस्टम सहित ¥याली निकाली मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाउने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);