पर्वतको भोर्ले लगाएतका ठाउँ एक हप्ताका लागि सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्वतको भोर्ले लगाएतका ठाउँ एक हप्ताका लागि सिल

गण्डकी । पर्वतको पैंयु गाउँपालिका वडा न ७ एक हप्ताको लागि सिल गरिएको छ । वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको छ ।

कोभिड व्यवस्थापन समिति पर्वतको बैठकले जोखिम क्षेत्र घोषणा गरेको हो । भोर्ले क्षेत्रमा पर्ने पूर्वमा हिले पश्चिममा स्वामीडाँडा, उत्तरमा स्वामिडाँडा, दक्षिणमा अमलपोखरी, आङमाङ तथा त्यसका आसपासका क्षेत्र , खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको छ ।

त्यस ठाउँका बासिन्दालाई एक सातासम्म अत्यावश्यक बाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, शववाहन , दमकल साथै स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू त्यस क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);