दाङमा अभद्र ब्यवहार गरेको आरोपमा एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दाङमा अभद्र ब्यवहार गरेको आरोपमा एक युवक पक्राउ

दाङ । दाङमा प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ बुद्धी ग्यारेज बस्ने १९ वर्षीय डेविट पुन रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी विरुद्ध प्रहरी कार्यालयमा आइतवार अभद्र ब्यबहार कसूर सम्बन्धी मुद्धा दर्ता भएको थियो ।

विभिन्न समयमा फेक आईडीहरु खोली महिलाहरुको फोटो राखी फेसवुक,टिकटक मार्फत अश्लिल शब्दहरु लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडित सँग हातपात तथा अभद्र व्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको र सामाजिक संजालमा कोही कसैले व्यक्तिगत विवरणको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेमा प्रचलित ऐन बमोजिम कारबाही हुने व्यवस्था रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);