खोटाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खोटाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

खोटाङ । खोटाङमा हेलिकोप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी खोटाङकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कट्वालको आठ महिनाको गर्भमा रहेको बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट शान्तालाई उद्धार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

आठ महिनाको गर्भमै बच्चा जन्माउने बेथा लागेपछि आफूलाई राति २ बजे परिवारले फोन मार्फत जानकारी गराएपछि आफुले रातिनै नगरपालिको गाडी पठाएर जिल्ला अस्पताल ल्याएको रिजालले बताए ।

अस्पतालमा आईसियु नभएको कारणले जन्मिने बित्तिकै आईसियुमा रान्नु पर्ने हुदाँ यहाँ सम्भव नभएकाले मन्त्रालयसँग समन्वय गरेर बिहान ७ बजे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको सहयोगमा बिरामीलाई उद्धार गरिएको रिजालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);