गर्भवतीको हेलिकाेप्टरमार्फत उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गर्भवतीको हेलिकाेप्टरमार्फत उद्धार

अछाम । बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीकाे हेलिकाेप्टरबा६ उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो ।

दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनकाे हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेकाे प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरेकाे प्रजिअ मल्लले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);