रसुवामा सुख्खा पहिरो एकको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रसुवामा सुख्खा पहिरो एकको मृत्यु, एक घाइते

रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् ।

पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेकाे अवस्थामा पहिराेले पुरेकाे वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);