दोलखामा पहिरोले घर पुरिदा बालकको मृत्यु, ३ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दोलखामा पहिरोले घर पुरिदा बालकको मृत्यु, ३ बेपत्ता

काठमाडौं, १९ साउन । दोलखामा पहिरोले घर पुरीदाँ एक जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा बिहीबार बेलुकी ९ बजे पहिरो खसेर टोपबहादुर थामीको घर पुरिदाँ उनका १५ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले ६ वटा घरमा क्षति पुराएको छ भने २ घर पुरिएको छ । राति पहिरो गएपनि प्रहरीले भने आज बिहान जानकारी पाएको थियो । पहिरोल पुरिएर ३ जना बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ,कृष्णबहादुर मगर र देवी माया मगर रहेका छन् ।

टोपाटारका यज्ञबहादुर थामी, उनकी श्रीमती धनमाया थामी र बुहारी सीता थामी घाइते भएका छन् । उनीहरुको उपचार सिंगटीमा भइरहेको छ । Photo : gokarna bhandari

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);