जयसिंह घामी वेपत्ता घटनामा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयद्वारा परराष्ट्र मन्त्रालयलाई पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जयसिंह घामी वेपत्ता घटनामा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयद्वारा परराष्ट्र मन्त्रालयलाई पत्राचार

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका जयसिंह धामी घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन बिहीबार मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल एसएसबीकै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मंगलबार बुझाएको थियो ।

घटना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन तयार पार्न ढिलो गरेको र घटनालाई ढाकछोप गर्न लागिएको भन्दै सरकारको आलोचना भइरहेको बेला गृहले कुुटनीतिक पहल गर्न परराष्ट्रलाई पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न आग्रह गरिएको छ ।

यही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कुटनीतिक पहलका लागि अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);