अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फिर्ता ल्याउने बङ्गलादेशको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फिर्ता ल्याउने बङ्गलादेशको तयारी

पौष १० बुधबार
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने तयारी गरेको छ ।सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको भन्दै हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको बताएका हुन।

बङ्गलादेशले भारतलाई कूटनीतिक नोट पठाएर अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।बीबीसीका अनुसार बङ्गलादेशको विदेश मन्त्रालयले हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना गएको अगस्ट ५ देखि भारतमा छिन ।

भारतको विदेश मन्त्रालयले बङ्गलादेशको उच्च आयोगबाट हसिनालाई सुपुर्दगी गर्न अनुरोध प्राप्त भएको पुष्टि गर्दै प्रक्रिया थाल्ने कुरामा भारत सकारात्मक भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार