बाजुराकाे वडा अध्यक्ष रमेश विक ढुंगा लागेर घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

बाजुराकाे वडा अध्यक्ष रमेश विक ढुंगा लागेर घाइते

बाजुरा । बाजुराकाे हिमाली गाउँपालिका ४ का वडा अध्यक्ष रमेश विक ढुंगा लागेर घाइते भएका छन् ।

स्वास्थ्य चौकी अनुगमन गर्न गएको बेला माथिबाट आएको ढुंगा लागेर विक घाइते भएका हुन् । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष विकको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन गर्न गएको थियो ।

अनुगमनका लागि जाने क्रममा वाटोमा माथिवाट आएको ढुंगा लागेर वडा अध्यक्ष विक गम्भिर घाईते भएको गाउँपालिकाका अध्यक्ष गाेविन्द मल्लले बताएका छन् । ढुंगा लागेर वडा अध्यक्ष विकको टाउको र छातिमा गम्भिर चोट लागेको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि सिता एअरलाईन्सको जहाज मार्फत नेपालगंज लगिएको छ । विकले नेपाली काँग्रेसबाट वडा अध्यक्ष जितेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);