कोरोना हटस्पटहरुमा लकडाउन जारी गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कोरोना हटस्पटहरुमा लकडाउन जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई मध्ये नजर गर्दै आवश्यकता अनुसार लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले संक्रमित संख्या बढी भएका जिल्लाहरुमा आवश्यकता अनुसार लकडाउन गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

तत्कालका लागि भने सरकारले देशव्यापी लकडाउन नगर्ने परराष्ट्र मन्त्री एवं एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले कोरोना बढेका स्थानीय तहमा लकडाउन भएपनि देशव्यापी लकडाउन नहुने बताएका हुन् ।

त्यसैगरी आजको बैठकमा एमालेले स्पष्टिकरण सोधेका सांसदहरुलाई गरिने कारबाही प्रक्रियाका विषयमा पनि छलफल भएको छ । बैठकले स्पष्टिकरणमा परेका सांसदहरुलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।

यसका साथै बैठकमा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा एकजुट भई खट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);