सुदूरपश्चिममा यस कारण एक्लिए भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सुदूरपश्चिममा यस कारण एक्लिए भीम रावल

धनगढी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे ।

देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले प्रस्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव खेमामा खुले । सुदूरपश्चिममा एमालेका २५ जनामध्ये १७ जना सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाध्यक्ष भीम रावललाई गएको थियो ।

ओलीले दोस्रो पटक संसद विघटन गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव खेमा रोज्ने सांसदको संख्यामा बहुमत थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद नेपाल खेमामा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तात्कालीन रूपमा एमाले अध्यक्ष ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टीका टिप्पणीसमेत भएका थिए ।

तर, एमालेबाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपश्चिमबाट भीम रावलसमेत एक्लिएका छन् । भीम रावल एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्ये १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । यसले सुदूरपश्चिममा रावलको पकड मात्र खोसिएन, यसअघिको तथ्यलाई समेत गलत सावित गरिदिएको छ ।

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?

नेकपा एमाले सुदूरपश्चिमका एक नेताका अनुसार हाल माधव नेपाल खेमामा गएका सुदूरपश्चिमका सांसदहरू भीम रावलका कहिल्यै थिएनन् । एमालेको नवौँ महाधिवेशनअघि कैलालीका दीर्घ सोडारी, कंचनपुरका तारा लामा तामाङलगायतका नेता झलनाथ खनालको लाइनमा थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरेका थिए ।

एमालेको नवौँ महाधिवेशनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए । सुदूरपश्चिमका भीम रावलले झलनाथ–माधव खेमाबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारीसमेत पाए । त्यसपछि यहाँका नेता, कार्यकर्ता पनि भीम रावलसँग नजिक भएका थिए ।

‘माधव–झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्र हो’, एमालेका एक नेता भन्छन्, ‘तर, उनीहरू भीम रावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएको छ ।’

ती नेताका अनुसार अछामबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने रावलकै कार्यकर्ता हुन् । संसद विघटन हुँदा नै राष्ट्रियसभा सदस्य कुँवरले रावललाई ओलीकै लाइनमा रहन आग्रहसमेत गरेका थिए । तर, रावलले त्यतिबेला माधव खेमालाई रोजे । कुँवर पनि रावलकै पछाडि लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छाडेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कंचनपुरका तत्कालीन एमाले अध्यक्ष तारा लामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलीमा आफूहरू भीम रावलको नभएको पुष्टि गरे ।

‘पार्टी विभाजन हुँदा दल रोज्न पाउनु हाम्रो अधिकार हो’, तामाङले भने, ‘तर, हामी कसैका एस म्यान बन्दैनौँ, हामी स्वतन्त्र छौँ ।’

उनले आफुहरूले रावललाई नेता मानेको बताए । ‘एमालेमा छँदा रावल काम्रेडले हामीलाई डोहो¥याउनुभएको थियो’, उनले भने, ‘तर, ओलीको निरङ्कुश शैलीका कारण हामी फरक बाटोमा लागेका छौँ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);