नेपाल र बंगलादेशबीच चार विषयको समझदारीपत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नेपाल र बंगलादेशबीच चार विषयको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १० चैत । मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

बंगलादेशको राष्ट्रपति निवास बंग भवनमा सोमबार राति उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डाक्टर एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

भेटवार्तापछि राष्ट्रपति भण्डारी र उनका समकक्षी हमिदकाबीच बंगबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बंगलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);