राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच भेटवार्ता

RASTRAPATI BIDHYA DEVI-INDIAN RASTRAPATI RAMNATH KOBIND

काठमाडौं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता भएको छ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा उपस्थित हुनुभएका दुबै देशका राष्ट्रपतिबीच आज बिहान भेटवार्ता भएको हो ।

भेटका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिनुभएको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणमा स्वीकार गर्दै राष्ट्रपति कोविन्दले कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिएको बताइएको छ ।

सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएको छ । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

सो भेटवार्तामा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायतको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);