राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्टबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्टबीच भेटवार्ता

rastrapati bhandari-myanmar rastrapati

काठमाडौं, ३० असोज । म्यानमार भ्रमणमा रहनुभएकी राष्ट्रपति बिद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति उ बिन मिन्टबीच द्धिपक्षीय भेटवार्ता सम्पन्न भएको छ । बिहिबार म्यानमारको राष्ट्रपति भवनमा भएको भेटवार्तामा दुबैदेशको आपसी हितका बिषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ साङ सुकीले पनि आजै भेटगर्ने कार्यक्रम रहेको छ । द्धिपक्षीय भेटवार्तापछि बिहिबारनै नेपाल र म्यानमारबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले पनि गर्नेछन् ।

राष्ट्रपति भण्डारी म्यान्मारमा राष्ट्रपति मिन्टको मैत्रीपूर्ण निमन्त्रणमा चारदिने राजकीय भ्रमणका लागि बुधवार त्यसतर्फ जानुभएको हो । म्यानमार भ्रमण सकिएलगत्तै राष्ट्रपति भण्डारी उतैबाट जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);