गठबन्धनले गिजोलिएको कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गठबन्धनले गिजोलिएको कांग्रेस

पार्टी भन्दा गठबन्धनलाई बढि महत्व दिदा कांग्रेस भित्र असन्तुष्टि चुलियो, नेतृत्वले गठबन्धनको रटान लगाउदा धेरै स्थानीय तहमा कांग्रेसद्वारा चुनावी तालमेल अस्विकार ।

अहिले चुनावी तालमेलको विषय गठबन्धनका लागि सबै भन्दा बढि पेचिलो बनिरहेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अधिकांश फोरममा सम्बोधन गर्दा गठबन्नधकै कारण आफु प्रधानमन्त्री बनेको स्मरण गराउने गरेका छन्। देउवाले गठबन्धनकै बलमा सत्तामा पुगिने कुरा पनि स्वीकार गरेका छन । तर बर्षाैंदेखि कांग्रेसमा पसिना बगाएका नेता कार्यकर्ताहरुलाई आफ्नो स्थानीय तहमा अरु पार्टीलाई भोट हाल्न मन छैन । त्यसैले कांग्रेसले केन्द्रमा गठबन्नधनको रटान लगाइरहदा धेरै जसो स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल अस्विकार गरेको छ ।

नेपाली काग्रेस नेपालको पुरानो र जनस्तरमा राम्रो संगठित पाटी हो । तथापी यो कुरा काग्रेसी जनले बझ्न सकेनन्। जनता प्रति भरोसा गर्न नसक्दा कागे्रस अहिले आफ्नै कारण संकट ग्रस्त बन्दैछ। जतिबेला नेकपा थियो। देशमा प्रधानमन्त्री ओली थिए। त्यसबेला कागे्रशको स्थान जनस्तरमा राम्रो थियो । सबैको विचारमा कांग्रेसले एकल बहुमत ल्याउन सक्छ भन्ने थियो। कम्युनिष्ट प्रति वाक्क दिक्क भएका जनता कांग्रेस तर्फ फर्किरहेका थिए। सोहि क्रममा ओली सरकार ढल्यो र कांग्रेसको नेतृत्वतको गठबन्धन सरकार बन्यो।

जनादेस विपरित सरकारमा जानु कांग्रेसका लागि थप प्रत्युउत्पादक बन्न पुग्यो। महिनौ सम्म मन्त्रीमण्डलले पूर्णता पाउन सकेन भने विकास निर्माणका कामहरु लगभग ठप्प बन्न पुगे। सरकारी बजेट खर्च गर्न नसक्दा बैकिङ तरता विकराल बन्यो। एक प्रकारले भन्ने हो भने, बजार नेतृत्व विहिन अबस्थामा पुग्यो। यसैबीच कांग्रेस महाधिवेशनले देउवा लाई पुन कांग्रेस सभापति बनायो। र कांग्रेस पदाधिकारी पनि देउवाकै पोल्टामा एकल जोस्तो देखिन पुग्यो। यस्तो अबस्थामा देउवाले चाहेको भए नेपाली कांग्रेस लाई पुर्नजिवित, संगठीत र एकिकृत शक्तिको रुपमा परिचालन गर्न सक्थे। तर देउवाले त्यस्तो गरेनन्। उनले आफ्नो संगठनलाई भन्दा गठबन्धनलाई बढि मोह गरे। जसका कारण नेपाली कांग्रेस एकिकृत शक्तिको रुपमा रुपमान्तरण हुन सकेन। विपरित राजनीतिक धुव्रले गिजोलिएको कांग्रेस गठबन्ध्न प्रति यति धेरै ऋणी देखियो कि उसलाई आफ्नो शक्ति क्षीण गरेर भए पनि गठबन्धनका शक्तिहरुलाई ऋण तीर्नु पर्ने अबस्था अनुभुत हुन पुग्यो।

फलस्वरुप देशभरिका लाखौ कार्यकर्ता केन्द्रको सोचका कारण अपहेलित हुन पुगे। आज नेपाली कांग्रेसको मुल नारा कांग्रेसकै पक्षमा छैन, गठबन्धनको पक्षमा छ। कांग्रेस भित्रका नेता तथा कार्यकर्ता हरु गठबन्धनको नाममा आफु भन्दा कनिष्ट गठबन्धनका कार्यकर्ताहरुलाई नेता मान्नु पर्ने अबस्थामा पुगेका छन। यसैको पीडाले आम कार्यकर्ताहरु मिडिया समक्ष धुरु धुरु रुनु पर्ने अबस्थामा पुगेका छन।

देशभरका कांग्रेस कार्यकर्ता नेकपा एमाले लगायतका पार्टीमा अवसर खोजिरहेका छन। सामान्य अवसरको आश्वासन कै भरमा कांग्रेसीहरुले पार्टी प्रवेश गरिरहेको ज्वलन्त उदाहरणका रुपमा सोलुखुम्बुमा भएको पार्टी प्रवेशको लहर हेर्न सकिन्छ। नेकपा एमाले राम्रो भएर कांग्रेसीहरुले एमालेलाई रोजेका होइनन् आफ्नो पार्टी भित्रको अर्गेल्याइ सहन नसकेर कांग्रेस कार्यकर्ताहरु यसरी अरु पार्टी प्रवेस गरिरहेका हुन छन भन्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ।

जे होस मुलुककै पुरानो र प्रजातान्त्रिक पार्टीभित्र विचलन आउनु देसका लागि दुखद हो। पार्टी पक्तिको इच्छा र आकांक्षा विना केन्द्र चल्न खोज्दा त्यसबाट देखिने असर व्यापक हुन सक्छ। समयमै नेतृत्वले ध्यान दिन जरुरी छ। पार्टी गठबन्धन कि आफ्नो पार्टी भन्नेमा स्पष्ट सोचका साथ प्राथमिकता छुट्याउन जरुरी छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);