सरकारले वन तथा वनजन्य सम्पदाको चोरी निकासी नियन्त्रण गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

सरकारले वन तथा वनजन्य सम्पदाको चोरी निकासी नियन्त्रण गर्न सकेन

ban

काठमाडौं, २४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

समितिका सदस्य समेत रहेका नेकपाका राष्ट्रियसभाका सांसद दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको अर्को आलोचना गरे । उनले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

सत्तारुढ नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न पनि सरकारसँग माग गरे । खोला, नदि किनाराबाट २ सय मिटर वरपरको रुख ठलेपनि विद्यमान ऐनले त्यसको सदुपयोग गर्ने अधिकार नदिएको उल्लेख गर्दै सो रुख कटान गर्न मिल्ने गरी वन ऐन संशोधन गर्न सरकारसँग माग गरे ।

महाकाली नदी किनारामा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले तत्सम्बन्धमा कुनै चाँसो नदिएकोमा सांसद स्नेहीको आपत्ति छ ।

सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि