सातामा नेप्से ९७ अंकले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्ब कमाए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सातामा नेप्से ९७ अंकले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्ब कमाए

stock-nepse-market

काठमाडौं, ३ माघ । यो साता शेयर बजारमा नेप्से ९७ अंकले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्बले कमाएका छन् । गत सता १५ खर्ब ४६ अर्ब ५८ करोड ५५ लाख २० हजार रुपैयाँ बजार पूँजीकरण रहेको धितोपत्र बजारमा यो साता कम्पनीहरुको शेयर मूल्यमा उच्च वृद्धि हुँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ४९ अर्ब ५३ करोड ५ लाख ३० हजार रुपैयाँले बढेको छ । जसका कारण बजार पूँजीकरण १६ खर्ब ७९ अर्ब २५ करोड ५३ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

यो साता शेयर बजारमा परिसूचक नेप्से ९७ दशमलव ११ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार १ हजार २ सय १३ दशमलव १२ अंकमा बन्द भएको बजार यो साता झण्डै १ सय अंकले बढेर १ हजार ३ सय १० दशमलव २३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि यो साता १८ दशमलव ६१ अंकले बढेर २ सय ८२ दशमलव ८७ अंकमा बन्द भएको छ।

कारोबार रकममा पनि यो साता ५७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । यो साता ६ अर्ब ६७ करोड २० लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता ४ अर्ब २२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यो साता सबैभन्दा बढी कारोबार एनआइएसी एसिया बैंकको भएको छ । यो बैंकको २६ करोड ७६ लाख ३० हजार रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको शेयरको कारोबार २२ करोड ५३ लाख ६० हजार रुपैयाँको भएको छ ।

२० करोड भन्दा माथिको शेयर कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स (२२ करोड २६ लाख) र हिमालयन डिस्टिलरी (२१ करोड ९ लाख) रहेका छन् ।

यो साता नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव २ कित्ता शेयर सूचिकृत भएको छ । बैंक मर्ज भएपछि यो बैंकको शेयर पुनः सूचिकृत भएको हो ।

त्यस्तै सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकहरुले शेयर धितोमा कर्जा बढाएका छन् । जसका कारण बजारमा लगानी बढ्न गई नेप्से सकारात्मक बनेको छ ।

त्यस्तै अधिकांश कम्पनीहरुले नगद लाभांश शेयरधनीको खातामा पठाइसकेकाले पनि शेयर बजारमा लगानी बढ्न गई शेयरको माग बढेको र मूल्यमा वृद्धि भएको विश्लेषण गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);