विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो दिएनः कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो दिएनः कुलमान घिसिङ

६ चैत्र, काठमाडौं । आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।

विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो दिएनः कुलमान घिसिङ

६ चैत्र, काठमाडौं । आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।

आगामी ३ वर्षमा हाल निर्माणाधीन सरकारी र निजी लगानीका आयोजना सम्पन्न भई यो परिमाणमा बिजुली थप हुने भएको हो । सिंहदरबारमा आईतबार बसेको संसदको कृषि तथा जलश्रोत समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण र यसको सहायक कम्पनीबाट ८ सय र बाँकी ४ सय मेगावाट निजी क्षेत्रबाट थपबिजुली उत्पादन हुने जानकारी दिनुभयो । 

हाल ९ सय मेगावाट जडित क्षमता भए पनि ४५ मेगावाट माथिल्लो भोटेकोसी पुनः निर्माण अवस्थामा रहेकाले साढे ८ सय मेगावाट मात्र बिजुली उत्पादन भैरहेको उहाँले बताउनुभयो । भोटेकोसी सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने उहाँको भनाई छ ।  यस्तै विद्युत् प्राधिकरणले ३ हजार मेगावाट विद्युत् खरिदबिक्री सम्झौता (पीपीए)  गरिसकेको र थप ५ हजार मेगावाट बराबरका आयोजना पीपीएको प्रतिक्षामा रहेको उहाले जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणले प्रणालीमा सुधार गरेको, स्वदेशमा निर्माणाधीन केही आयोजना सञ्चालनमा आएको र अन्य केही आउने क्रममा रहेकोले देशलाई लोडसेडिङमुक्त बनाउन सजिलो हुने बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो नदिएको भन्दै आलोचना गरेका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);