गाउँ–गाउँमा अदालती अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पा,१७ पुस  । जिल्ला अदालतले अदालती प्रक्रियाबारे जानकारी दिन रैनादेवी छहरा, ३ भुवनपोखरीमा सचेतना अभियान चलाएको छ । कार्यक्रमका सहभागीले दुर्गम गाउँ, बस्ती र पिछडिएको समुदायले न्याय खोज्ने अदालती प्रकिया झन्जटिलो रहेको गुनासो गरे । कानुन नबुझ्दा सरकारी वकिललाई समेत पैसा दिनु परेको कपितयले गुनासो गरे ।

पीडितहरू अदालतसम्म पुगे पनि त्यहाँ पुगेर आफ्ना कुरा राख्न नसक्दा झनै पीडामा पर्ने गरेको उनीहरूको गुनासो छ । ‘हामीलाई कानुनको खासै जानकारी छैन,’ १२ कक्षाकी विद्यार्थी हेमा पौडेलले भनिन् । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले दुर्गम, पिछडिएको बस्तीका साथै युवामा अदालती प्रक्रियाबारेमा जानकारी होस् भन्ने हेतुले कार्यक्रम राखेको बताए ।कान्तिपुर पत्रिकाबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);