रसियाको किमिरोभो सहरस्थित एक सपिङ सेन्टरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रसियाको किमिरोभो सहरस्थित एक सपिङ सेन्टरमा आगलागी

रसियाको किमिरोभो सहरस्थित एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

aagolagi

काठमाडौं, १२ चैत । रसियाको किमिरोभो सहरस्थित एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश बालबालिका र तिनका अभिभावक रहेको रसियन सञ्चार माध्यमले जनाएका छन् । सपिङ सेन्टरको सबैभन्दा माथिल्लो तलामा रहेको विन्टर चेरी कम्प्लेक्समा आगलागी भएको हो । चेरीका परिकार किन्नका लागि पुगेका सर्वसाधारण र सञ्चालकहरु आगलागीमा परेको बीबीसीले जनाएको छ ।

आगलागीको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । आगलागी भएको स्थान रुसको राजधानी मस्कोबाट २ हजार दुई सय माइल टाढा पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);