ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८३, शुक्रबार

ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

२०८१,७,२८

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई० प्रमुख पदमा नियुक्त गरेका छन् ।यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ डिओजीईमा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

Leave a Reply