विश्वकै धनी व्यक्ति बनेका बर्नार्ड अर्नाल्ट को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विश्वकै धनी व्यक्ति बनेका बर्नार्ड अर्नाल्ट को हुन् ?

काठमाडौं, २२ मंसिर । लुइस भितनका मालिक बर्नार्ड अर्नाल्टले विश्वकै धनी व्यक्ति एलन मस्कलाई उछिनेका छन् ।

चर्चित फेसन ब्रान्ड लुइस भितनका मालिक अर्नाल्टले मस्कलाई उछिनेको फोर्ब्स म्यागेजिनले उल्लेख गरेको छ ।

अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ ।

अर्नाल्ट फ्रान्सेली व्यापार म्याग्नेट, लगानीकर्ता, र कला कलेक्टर हुन् । उनी विश्वको सबैभन्दा ठूलो लक्जरी सामान कम्पनी लुइस भितनका मालिक हुन् ।

फोर्ब्सका अनुसार डिसेम्बर २०२२ सम्म अर्नाल्ट र उनको परिवारको अनुमानित कुल सम्पत्ति १८६.२ अर्ब डलर छ, जसले उनलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनाएको छ। उनी सन् १९४९ मार्च ५ मा फ्रान्सको उत्तरी सहरमा जन्मीएको हुन् ।

अर्नाल्टले आफ्नो क्यारियर सन् १९७१ मा फेरेट साभिनेलबाट शुरू गरेका हुन् । उक्त कम्पनीमा उनले अध्यक्षको रुपमा काम गरेका थिए ।

चर्चित फेसन ब्रान्ड लुई भिटनका सिइओ बर्नार्ड ७३ वर्षका भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);