फेरि बिल गेट्सलाई उछिन्दै विश्वकै धनी व्यक्ति बने बेजोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ । अमेजन इंकका कोफाउन्डर जेफ बेजोस पुन विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन्। बेजोसले विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई पुनः एकपटक पछाडि पारेका हुन्।

फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३.२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ। अब उनको कूल सम्पत्ति ९० अर्ब ६० करोड पुगेको छ भने बिल गेट्सको ९० अर्ब १० करोड डलर छ। माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स दोस्रो स्थानमा रहेका छन्।

यसअघि गत जुलाईमा पनि जोसेफ विश्वकै धनी व्यक्ति बनिसकेका छन्। तर, ५ घण्टामै कम्पनीको सेयर मूल्य घटेपछि उनलाई फेरि गेट्सले उछिनेका थिए। त्यसबेला जोसेफको कुल सम्पत्ति ९० अर्ब ९० करोड डलर पुगेको थियो।

गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा छन्। चार वर्षपछि उनलाई गत जुलाईमा बेजोसले पछाडि पारेका थिए। सन् २०१७ को सुरुआतमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए। अहिले उनले वारेन बफेट र जारा कम्पनीका अमान्सियो ओर्टेगालाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);