युक्रेनमा सामान ढुवानी गर्ने बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु, तीन घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युक्रेनमा सामान ढुवानी गर्ने बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु, तीन घाईते

एजेन्सी, १७ असोज । युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

द एन्टोनोभ–१२ कार्गाे विमान युक्रेनको एलभिभ विमानस्थलमा अवतरण गर्ने तयारीमा रहँदा करिब डेढ किलोमिटर टाढा शुक्रवार दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट तीनजनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।

युक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा घटनामा पाँचजनाको मृत्यु भएको र तीनजनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको उल्लेख गरेका छन् ।

युक्रेनी आपत्कालीन सेवाका पदाधिकारीले चालकदलका सदस्यमध्ये तीनजनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

राजधानी किभस्थित युक्रेनी कम्पनी युक्रेन एअर लाएन्सले सन्चालन गरिरहेको त्यो बिमान स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो । प्रारम्भिक अनुसन्धानले इन्धन खाली भएपछि विमान दुर्घटना भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);