सिन्धुपाल्चोक इचोकमा बस दुर्घटना एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सिन्धुपाल्चोक इचोकमा बस दुर्घटना एकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दुर्घटना हुदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीय माहिला पासाङ तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका र उनीहरूको उद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनिल थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको  छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि मंगलबार  अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);