उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरपालिकाले थाल्यो नयाँ सडकमा फुटपाथ विस्तार | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरपालिकाले थाल्यो नयाँ सडकमा फुटपाथ विस्तार

उच्च अदालत पाटनबाट आदेश आएसँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा फुटपाथ विस्तार सुरु गरेको छ ।

महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि
फुटपाथ विस्तारको बाटो खुलेको हो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको हो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । ०००

Leave a Reply