काठमाडौं, २८ पुस ||
शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । शनिवार डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भएपनि प्रभावकारी ढंगले लागू हुन नसकेको बताउनु भयो । उहाँले आफूले कारण खोज्दा पालिकाहरुमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताउनु भयो । उहाँले सकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रुपमा बेस बसाउन जरुरी रहेको बताउनु भयो । मन्त्री गुरुङले सरकारले बनाएका अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को भनेर अघि बढाइएका कामहरु प्रभावकारी बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री गुरुङले सडक पूर्वाधारका खाका प्राविधिक आधारमा नभइ मनोचाहनाका आधारमा बनाउँदा विपत्ति निम्तिने गरेको बतउनु भयो ।
स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गरेनन्ः मन्त्री गुरुङ
ताजा समाचार
शुक्रबार सुन तोलामा १७ सयले बढ्यो
१० घन्टा अघि
मकवानपुरमा भयानक बस दुर्घटना ,२० जना घाइते
१० घन्टा अघि
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
१२ घन्टा अघि
तापक्रममा ‘रेकर्ड ब्रेक’नेपालगञ्जमा ४४.२ डिग्री मापन
१२ घन्टा अघि