फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छः मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छः मन्त्री गुरुङ

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताउनु भयो ।
उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताउनु भयो ।

उहाँले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताउनु भयो । उहाँले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताउनु भयो ।

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);