कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको छ ।

करिव एक क्वीन्टल सुन प्रकरण छानबिनको कामलाई सहज बनाउन पनि मन्त्रीद्वय श्रेष्ठ र महतले पदबाट राजीनामा दिनुपर्ने उहाँको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद शर्माले संसारको लोकतान्त्रिक अभ्यास अनुसार पनि उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले सो प्रकरण बाहिर आएपछि नैतिकताको आधारमा पदमा बस्न मिल्ने अवस्था नरहेको पटकपटक दोहो¥याउनु भयो ।

सांसद शर्माले सो प्रकरणको छानविनबाट मुख्य दोषी पत्ता नलाग्दासम्म गृहमन्त्री र अर्थमन्त्रीले पदमा रहन मिल्ने नैतिक धरातल नभएको बताउनु भयो । उहाँले सो प्रकरणको मुख्य दोषी पक्राउ नभए त्यसको भागीदार संसद र सांसदहरु स्वयं हुने समेत बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);