सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो । उहाँले मन्त्री द्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनु भयो ।

अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त भएपनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो ।

अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गर्नुभयो ।

सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);