नारायणकाजीलाई सूर्य थापाको प्रश्न– सुन तस्करीको निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नारायणकाजीलाई सूर्य थापाको प्रश्न– सुन तस्करीको निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गम्भिर प्रश्न उठाएका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत गृहमन्त्री श्रेष्ठलाई तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ? भन्दै प्रश्न उठाएका हुन् ।

बुधबार राजश्व अनुसन्धान विभागले विमानस्थलबाट हालसम्मकै ठूलो परिणामको सुन बरामद गरेपछि सांसद थापाले यस्तो प्रश्न उठाएका हुन् ।

एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? थापाले प्रश्न गरेका छन् ।

यसमा गृहमन्त्रीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन÷ राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भएको उनको टिप्पणी छ ।

‘सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त ? अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन !’ थापाले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);