दाहालले मागिन् गृहमन्त्री र यातायातमन्त्री ज्वालाको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दाहालले मागिन् गृहमन्त्री र यातायातमन्त्री ज्वालाको राजीनामा

काठमाडौं,११ फागुन । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको हो ।

सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन । र उनीहरु न्यायको माग गरिरहेका छन् । राज्य कहाँ हो भनेर खोजिरहेका छन् । यति घट्दा खटिसक्दा गृहमन्त्रीज्यु कहाँ हुनुहुन्छ, उहाँले के गनु भयो ? आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । काम गरे भयो नि त । त्यसैले यो असफल सरकार भएको छ । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु । र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न । उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु ।’

सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);